• ४ असोज २०८३, आइतबार
  • १२ः०८ दिउँसो

मधेसमा अन्धविश्वासको जडः बोक्सी आरोपमा मानव मलमूत्र कोच्याइन्छ

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०७:३९

कथित बोक्सी आरोपमा मधेसमा महिलाबाटै महिलाहरु यातना भोगिरहेका छन् । छोरो बिरामी भयो, गाईभैंसीले दूध दिएन भने एक÷अर्को छिमेकीलाई बोक्सीको नजरले हेर्न थाल्छन् । बोक्सीलाई बोलीचालीको भाषामा डायन भनिन्छ । बोक्सीको आरोपमा कुटिन्छन्, कोहीलाई मानव मलमूत्र कोच्याइन्छ । २०७५–०७६ मा प्रदेश २ मा २० वटा बोक्सीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

National Life

बोक्सी हुन्छ भन्ने अन्धविश्वासले महिलाबाटै महिला यातनाको सिकार बनेका छन् । हुने खाने घरका महिलालाई यो आरोप लाग्दैन । गरिब, विपन्न तथा एकल महिलामाथि नै बोक्सीको तलबार चलाइन्छ ।
-राजकरण महतो_
अन्नपूर्ण पोस्ट् दैनिकaf6 ;fef/

प्रतिकृया