• ३ असोज २०८३, शनिबार
  • १०ः१२ राती

चाबहिल–साँखु सडकः दसैंसम्म पिच नभए ठेक्का तोडिने

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०८:०२

चाबहिल–साँखु सडकखण्डको चाबहिलदेखि जोरपाटीसम्म दसैंसम्म पिच नभए सरकारले ठेक्का तोड्ने भएको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दसैंभित्र पनि पिच नभए ठेक्का तोड्ने जानकारी दिएका छन् । यो सडकलाई चार लेनमा विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले २०७२ को असोजमा दुई वर्षमा पूरा गर्ने गरी ठेक्का लगाएको थियो ।

National Life

तर, हालसम्म पनि विस्तारको काम सकिएको छैन । सडक विस्तारको क्रममा स्थानीय बासिन्दाको अवरोध, मुआब्जा विवाद, साइट क्लियरलगायत समस्याले तोकिएको समयमा काम पूरा नसकेको हो ।
(निर्दोष घोरसाइने)
अन्नपूर्ण पोस्ट् दैनिकबाट दसाभार

प्रतिकृया