• ४ असोज २०८३, आइतबार
  • ७ः०९ बेलुका

एनआरएनए आइसिसी महिला संयोजकमा यूकेबाट संगीता मरहट्टाको उम्मेदवारी

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार १२:५९

आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको गैर आवासीय नेपाली संघ ( एनआरएनए ) को नवौ विश्व सम्मेलनमा यूकेबाट मिडियाकर्मी, एनआरएनए अभियन्ता तथा लन्डन निवासी व्यवसायी संगीता मरहट्टाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

National Life

विभिन्न ९ बुँदे प्रतिबद्धता सार्वजनीक गर्दै मरहट्टाले उम्मेदवारी घोषणा गर्नुभएको हो । वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक तथा बिबिसी नेपाली सेवाको पुर्व पत्रकार समेत रहनु भएको मरहट्टाले आफ्ना भावी योजना सहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

गैरआवासीय नेपाली अभियानमा शुरुदेखि नैं संलग्न रहंदै आउनुभएको मरहट्टा सन् २०११ मा एनआरएनए युकेको कार्यकारी सदस्य तथा महिला संयोजकको भुमिकाबाट औपचारिक रुपमा संघमा आबद्ध हुनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २०१५ देखि २०१७ को कार्यकालमा आइसिसि सदस्य रहनु भएको मरहट्टा एनआरएनए आइसिसिको मिडिया उपसंयोजकका रुपमा चुनिनुभयो । सो कार्यकालमा एनआरएनए सम्बन्धि समाचारहरु लेखन तथा सम्पादन लगायत मिडियाकर्मीहरुसंग सम्बन्ध बिस्तारमा उहाँको भुमिका रह्यो । आफ्नो कार्यकालमा भएका प्राय अधिकांश क्षेत्रीय सम्मेलन र विश्व सम्मेलन सन्चालन तथा समापनमा मरहट्टाको सहभागीता रहंदै आएको छ ।

हाल २०१७ देखि २०१९ मा मरहट्टा युरोप क्षेत्रीय उपसंयोजकको भूमिकामा हुनुहुन्छ । त्यस अवधिमा लक्जेम्बर्ग तथा इटालीमा क्षेत्रीय महिला भेलाहरु सम्पन्न गर्नुका साथै उहाँले आफ्नो कार्यकालमा बेल्जियम, फ्रान्स, अष्ट्रिया लगायतका युरोपेली देशहरुमा पुगी महिला फोरमको सशक्तिकरण, युरोपमा महिलाहरुले भोग्नु परेका भाषा लगायतका समस्याहरुमा जोड दिंदै त्यसलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने माग गर्दै आउनुभएको छ ।

प्रतिकृया