• ९ असोज २०८३, शुक्रबार
  • ९ः२४ राती

ऐतिहासिक बिस्का जात्रा आजदेखि सुरु

प्रकाशित मिति

२०८० चैत्र २७ गते, मंगलवार १०:३७

चैत्र २७, २०८० काठमाडौँ : सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा मंगलबारदेखि सुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ। जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरुवात गरिनेछ ।

National Life

टाैमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले आ–आफ्नो क्षेत्रमा लैजान रथ तान्‍ने गर्दछन्। रथलाई मध्यरातिसम्म पनि तानेर पुनः गहिटी ल्याएर राख्ने र त्यसपछि रथ तान्न रोक्ने परम्परा छ ।

नयाँ वर्ष सुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइन्छ। साथै वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने प्रचलन छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस वर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवं ज्याला, रथ मर्मतलगायत जात्रा सप्म्पन्न गर्न सरकारले रु ४० लाखको बजेट विनियोजन गरेकाे छ ।

बिस्केट जात्रा नेपाल संवत २६८ अर्थात लिच्छविकालभन्दा अगाडिदेखि मनाइँदै आएको र मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ ।

त्यसपछि नेपाल संवत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको किंवदन्ती छ ।

प्रतिकृया