• १० असोज २०८३, शनिबार
  • २ः५२ राती

उप निर्वाचनको लागि उम्मेदवार सार्वजनिक गर्न रवि लामिछाने इलाम जाने

प्रकाशित मिति

२०८० चैत्र ८ गते, बिहीबार ०१:०५

चैत्र ८, २०८० इलाम : आउँदो बैशाख १५ गते हुने इलाम २ को उप निर्वाचनको चहलपहल बढ्दै गइरहेको छ । राजनीतिक दलहरुले उम्मेदवारको सिफरिस धमाधम गरिरहेका छन् ।

National Life

यसै सिलसिलामा चैत १७ गते उम्मेद्वारको नाम सार्वजनिक कार्यक्रमका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वयम इलाम जाने भएका छन् ।

‘सभापतिज्यु इलाम आएर उम्मेद्वारको नाम सार्वजनिक गर्ने र निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ,’ रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘सभापतिज्युले पार्टीका शुभचिन्तक, कार्यकर्ता, व्यवसायी र पत्रकारहरुसँग भेटघाट गर्नुहुन्छ, सभा गर्ने भन्ने तयारी हालसम्म चाहिँ छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन आयोगले उपनिर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गर्दै चैत १४ देखि चैत २४ गतेसम्म उम्मेद्वारको मनोनयन दर्ताको समय तोकेको छ । रास्वपाले चैत ६ गते देखि चैत १४ गते दिउँसो १ बजेसम्म इलाम २ मा उम्मेदवारको आकांक्षीका लागि आवेदन माग गरेको छ ।

प्रतिकृया