• २३ भदौ २०८३, मंगलबार
  • १२ः५३ दिउँसो

पार्टीका सांसदहरुलाई ओलीको निर्देशनः संसदमा गलत बोल्ने बिरुद्ध आलोचना गर्नुस्

प्रकाशित मिति

२०८० माघ २२ गते, सोमबार ०९:१५

माघ २२, २०८० काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाईयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

National Life

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदहरुलाई सचेत गराउनु भयो । आईतवार पार्टी संसदीय दलको बैठक समापन गर्दै उहाँले संसदमा गलत कुराको सख्त आलोचना र बिरोध गर्न पनि पार्टीका सांसदहरुको ध्यानाकर्षण गराउनु भयो । गल्ती बोल्नेका कुरा संसदमा बिरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो । अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाईपाउँ भन्नु स्वभाविक हुने भएपनि अरुले उसको गल्ती सच्याईदिने काम गरिरहन नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कहिले, कहिले हामीलाई कस्तो लाग्छ भने म जत्तिको मानिसलाई किन प्रशिक्षण चाहिन्छ ? मैले नबुझेर के छ र ? भन्ने लाग्नसक्छ । म आफैं पार्लियामेण्टमा यत्रो वर्षदेखि छु, यति कार्यकालदेखि छु भन्ने पनि लाग्न सक्छ । म आफैँले काम सञ्चालन गरिराखेको छु भन्ने पनि लाग्नसक्छ । तर कतिपय प्राविधिक विषयहरु, कतिपय वैचारिक विषयहरु, वैचारिक विषयहरुमा पनि स्पष्टता झन बढी झन स्पष्टताको आवश्यक्ता पर्दछ । तसर्थ, अझ प्राविधिक विषयहरु, के, कस्ता प्रश्ताव कसरी राख्ने हो, नियमापत्ति कसरी गर्नुपर्ने हो, कस्ता विषयमा गर्नुपर्ने हो ? एउटा हामीहरुको अक्सर चलन छ–त्यो रेकर्डबाट त्यो शब्द हटाईयोस् भन्ने । मेरो विचारमा रेकर्डबाट गल्ती बोल्नेका शब्दहरु हटाउन लगाउनु जरुरी छैन । त्यो मान्छे के छ भन्ने परिचय कायम रहन दिनुपर्छ । बिरोध गर्नुपर्छ त्यसको । तर रेकर्डबाट हटाईयोस् भन्न चाहीँ पर्दैन क्या । रेकर्डबाट हटाईयोस् भन्ने उसले माग गर्नुपर्ने हुन्छ नि मलाई भन्नुहुन्छ भने । हामीले गलत बोल्यो, रेकर्डबाट हटाईपाउँ भनेर त्यो रेकर्डबाट हटाएर राम्रो, राम्रो बोलेको मात्रै राखिदिने, नराम्रो बोलेको नराख्ने । अगतिलो मान्छे रहेछ भन्ने लुकाइदिने किन गर्नुपरेको छ र ? त्यसकारण गलत कुराको सख्त आलोचना गर्नुपर्छ, बिरोध गर्नुपर्छ । हामीले बिरोध गरेपछि पुगिहाल्यो नि । हामीले अस्वीकार ग¥यौ, बिरोध ग¥यौं त्यसको । पुग्यो । तर रेकर्डबाट हटाइयोस् भनेर माग्ने चलन छ नि । त्यो चाहीँ मैले यो कुरा गल्ती बोलेछु सभामुख महोदय, रेकर्डबाट हटाई पाउँ भनेर निजले भन्दाखेरी एउटा कुरा हो । अर्काले उसको गल्ती किन सच्याईदिने ?’

Classic Tech Mobile
Classic Tech Desktop

सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसदको रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था छ । ओलीले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने पनि स्पष्ट पार्नुभयो ।

प्रतिकृया