• १७ भदौ २०८३, बुधबार
  • ३ः३१ दिउँसो

अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि नगर क्षेत्रका व्यवसायीसँग गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०६:१६

भक्तपुर ,महानगरी प्रहरी वृत्त ठिमीले अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि नगर क्षेत्रका व्यवसायीसँग गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

महानगरी प्रहरी वृत्त ठिमीले अपराध नियन्त्रण र न्यूनीकरणका लागि नगर क्षेत्रका व्यवसायीसँग गरेको अन्तरक्रियामा सहभागी साना होटेल र खाजाघर सञ्चालक÷व्यवसायी आचारसंहिता निर्माण गरी लागू गर्न सहमत भएको डिएसपी शान्तिराज कोइरालाले बताउनु भयो ।
सहभागी व्यवसायीले व्यवसाय सञ्चालन गरेर खाने वातावरण नरहेको र सहभागीमध्ये अधिकांश व्यवसायीले पसल खोल्ने समय, पसल दर्ता, प्यान दर्ता, कर चुक्ताजस्ता विभिन्न विषयमा आफूहरूलाई दुःख दिने गरेको गुनासो गर्दे आचारसंहिता निर्माण गरी लागू गर्न व्यवसायी तयार भएका हुन् ।

Kamana Sewa

व्यवसायीले साना व्यवसायीलाई व्यापार गरेर दुई पैसा आम्दानी गर्ने र परिवार पाल्ने वातावरण बनाइदिन जनप्रतिनिधि र प्रशासनसँग आग्रह गर्दे कार्यक्रममा मेयर मदनसुन्दर श्रेष्ठ, महानगरीय प्रहरी परिसर प्रमुख एसपी सविन प्रधान र आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिसमेत देखेपछि स्थानीयले दर्जनौँ समस्याको पोको खोलेका छन् ।

Classic Tech Desktop

 

 

प्रतिकृया