सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०८० आश्विन २३ गते, मंगलवार १२:५४
असोज २३, २०८० काठमाडौं : सानिमा रिलायन्स लाइफइन्स्योरेन्सले असोज २० गते बिर्तामोड र इटहरी छेत्रको संयुक्त रुपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। ३०० जनाभन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीले आ. व २०७९/८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरि सम्बन्धित क्षेत्रहरूमाउत्कृष्ट तिनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान प्रधान गरेको हो।
उच्चव्यवस्थापन समितिको तर्फ बाट डेपुटी सि ई ओ निराजन कंडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराजश्रेष्ठ र सूर्य गुप्तातथा छेत्रिय प्रबन्धक जितेन्द्र छेत्री लगायत शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो।
कम्पनीका डेपुटी सि ई ओ निराजन कंडेलले कम्पनीले अहिले सम्म गरेका प्रगतिको विवरण, भविष्यमा अङ्गाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पार्नु भएको थियो। साथै कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्म निर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया र तालिम प्रधान गरेका थिए।
अभिकर्ता पेशामा सफलताप्राप्त गर्नको लागि निरन्तर सिकाइ र सम्मानको आवश्यक पर्ने हुँदाकम्पनीले देशैभरी यस्तो खालको कार्यक्रमको आयोजना गरिरहेको छ भने उक्तकार्यक्रममा भाग लिएर अभिकर्ताले उच्च लाभ लिइरहेका छन्।






प्रतिकृया