• ९ असोज २०८३, शुक्रबार
  • ११ः०३ राती

आज कुन-कुन स्थानमा हुँदैछ भारी वर्षा?

प्रकाशित मिति

२०८० असार २९ गते, शुक्रबार ०८:५८

असार २९, २०८०, काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National Life

महाशाखाका अनुसार शुक्रबार बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षा पनि भइरहेको छ।


आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महाशाखाका आज शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

प्रतिकृया