• ५ असोज २०८३, सोमबार
  • ३ः०४ राती

आज सुन–चाँदीको मूल्य बढ्याे

प्रकाशित मिति

२०८० असार २४ गते, आईतवार ११:२४

२४ असार २०८०, काठमाडौँ :  आज साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।


त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया