• ५ असोज २०८३, सोमबार
  • ८ः०७ बिहान

उत्तर कोरिया द्धारा पुन मिसाइल प्रक्षेपण

प्रकाशित मिति

२०७६ श्रावण २५ गते, शनिबार ०७:१६

उत्तर कोरियाले मिसाइल प्रक्षेपणको क्रम जारी राखेको छ । उसले शनिबार बिहान दुईवटा मिसाइल प्रक्षेपण गरेको हो । उसले समुद्र तर्फ लक्षित गरेर प्रहार गरेका मिसाइल कुन प्रकारको हो भन्ने खुलेको छैन । दुई हप्ताको अवधिमा उसले गरेको यो पाँचौँ प्रक्षेपण हो । दक्षिणी हामग्योङ्ग प्रान्तको पूर्वी शहर हामहुङ्गबाट उत्तर कोरियालो जापान सागर तर्फ लक्षित गरी मिसाइल प्रहार गरेको हो ।

National Life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनबाट आफूले निकै सुन्दर पत्र प्राप्त गरेको बताएपछि मिसाइल प्रक्षेपण भएको हो । हाल अमेरिका र दक्षिण कोरियाले गरिरहेको संयुक्त सैन्य अभ्यासबाट किम बेखुश रहेको ट्रम्पले बताएका थिए । अमेरिका र दक्षिण कोरियाबिच अगस्ट ११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।

प्रतिकृया