• ४ असोज २०८३, आइतबार
  • १२ः२२ राती

तनहुँ १ मा उपचुनाव लड्न राजेश हमाललाई स्वतन्त्र पार्टीको प्रस्ताव

प्रकाशित मिति

२०७९ चैत्र १५ गते, बुधबार ०५:२५

१५ चैत्र २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उपचुनाव उठ्न नायक राजेश हमाललाई प्रस्ताव गरेको छ । वैशाख १० गते हुन लागेको उपचुनावमा स्वतन्त्र पार्टीले अरु कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको अवस्थामा उसले हमाललाई उम्मेदवार बन्न प्रस्ताव गरेको पार्टी निकट स्रोतले जानकारी दियो। स्रोतले भन्यो, ‘उपचुनावमा हामी कोहीसँग पनि गठबन्धन गर्दैनौँ। उहाँलाई उम्मेदवार बन्न हामीले प्रस्ताव गरेका छौँ।’

National Life

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो । रामसाहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त भएको बारा २ तथा चितवन २ मा पनि उपचुनाव हुँदैछ। चितवन २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पद गुमेपछि सांसद पद खाली छ।


सत्ता गठबन्धनमा आबद्ध दलहरुले तनहुँ १ कांग्रेस, बारा २ जसपाबाट साझा उम्मेदवार हुने करिब निश्चित छ। कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया