• १७ भदौ २०८३, बुधबार
  • ३ः२३ दिउँसो

चितवनको पर्सामा जोर्ज नोबेल फ्री भिलेज मेडिकल क्याप सम्पन्न

प्रकाशित मिति

२०७९ चैत्र १४ गते, मंगलवार ११:३४

चैत १४, २०७९, काठमाडौँ: हेल्पिङ्ग हेन्डस युएसए र “सह-सेनानि स्व. डा. रेविता पाठक ओझा ट्रष्टले संयुक्त रुपमा आयोजना गरेको फ्री भिलेज मेडिकल क्याप सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविरमा करिब ११ सय स्थानिय सर्बसाधारणले निशुल्क सेवा लिएका थिए भने स्वास्थ्य जांच गराउन आएका बिरामीहरुलाई निशुल्क औषधि र करिब ४ सय जना आँखा कम देख्ने स्थानियलाई चस्मा समेत निशुल्क प्रदान गरिएको थियो। जस्मा १२ वर्षका केटा केटी देखि ८५ बर्षका वुबा आमाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए।


फ्री भिलेज मेडिकल क्याप आयोजना गर्न हेल्पिङ्ग हेन्ड्सका अन्तर्राष्ट्रिय अध्यक्ष बरिष्ठ समाजसेवी खांदबारी निवासी नारायण श्रेष्ठ, नेपाल फिल्म सोसाइटी युएसए/ग्लोवल नेपाली फिल्म अवार्डका अध्यक्ष कलाकार नवराज श्रेष्ठ तथा स्व.डा. रेविता पाठक ट्रष्टको तर्फबाट समाजसेबी हेडम पाठक, सुनिल पाठक एजेन्सी अल स्टेटका सिईओ सुनिल पाठकको उपस्थिति रहेको थियो ।

Kamana Sewa

स्वास्थ्य शिविरमा न्युजिल्यान्डका स्त्रीरोग विशेषज्ञ डा. जेमि, फिजिसियन डा. टेरि लगायत आँखा तथा दन्त रोगमा नेपाली चिकित्सकहरुले सेवा प्रदान गरेका थिए। हेल्पिङ हेण्डसले बिगत लामो समयदेखि ग्रामीण क्षेत्रका स्वास्थ्यसेवा बाट बञ्चित सर्बसाधारण नागरिकको लागि निःशुल्क स्वास्थ्य शिविर सेवा आयोजना र बिभिन्न सामाजिक काम गर्दे आएको छ ।

Classic Tech Desktop

प्रतिकृया