• १० असोज २०८३, शनिबार
  • ८ः३६ बिहान

बर्दिबासबाट हिँडेर आएका मिटरब्याज पीडितहरूले आजदेखि माइतीघर धर्ना दिने

प्रकाशित मिति

२०७९ चैत्र १३ गते, सोमबार ०८:१४

चैत १३, २०७९, काठमाडौँ: मिटरब्याज पीडितहरूले आजदेखि माइतीघर मण्डलामा धर्ना थाल्ने भएका छन् । न्यायका लागि भनेर पैदल यात्रा गरेर आइतबार काठमाडौं पुगेका पीडितहरूले आजदेखि धर्ना थाल्न लागेका हुन् ।

National Life

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ११औँ दिनमा काठमाडौं पुगेका हुन् । उनीहरूको समूहमा ७२ जना पीडित छन् । आफूहरूका माग पूरा नभएसम्म नफर्किने उनीहरूको तयारी छ ।


यसअघि गत जेठ र साउनमा मिटरब्याज पीडितले लगतार आन्दोलन गरेपछि तत्कालीन शेरबहादुर देउवा सरकारले कार्यदल नै बनाएर छानबिन गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारसँग असोज १ मा भएको सम्झौतापछि उनीहरूको आन्दोलन स्थगित भएको थियो । तर, सम्झौता कार्यान्वयन नभएपछि उनीहरू फेरि आन्दोलित हुन थालेका हुन् ।

प्रतिकृया