• १८ भदौ २०८३, बिहीबार
  • ११ः२४ राती

राष्ट्रपति जस्तो निर्वाचनमा गठबन्धन बनाएर देशलाई विभाजित गर्न नहुने याेगेश भट्टराइएको भनाई

प्रकाशित मिति

२०७९ फाल्गुन १९ गते, शुक्रबार ०४:३४

१९ फागुन २०७९, काठमाडौँ: नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिजस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्न नहुने बताएका छन् । ‍शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँगको भेटपछि भट्टराईले यस्तो बताएका हुन्। एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङसहित एमाले नेताहरुले ठाकुरलाई भेटेर राष्ट्रपतिमा सघाउन आग्रह गरेका थिए ।


उक्त भेटवार्तापछि भट्टराईले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘राष्ट्रपतिजस्तो निर्वाचनमा गठजोड बनाएर, गठबन्धन बनाएर देशलाई विभाजित गर्नु हुँदैन ।’ उनले नेम्वाङ राष्ट्रपतिका लागि उपयुक्त पात्र भएको बताए। साथै उनले आफूहरुलाई सघाउन लोसपा सकारात्मक रहेको पनि दाबी गरे ।

Kamana Sewa

उनले भने, ‘अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी हो । संविधान, कानुन बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ। बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उहाँहरुको प्रतिक्रिया सकारात्मक पाएका छौँ ।’

Classic Tech Desktop

नेता भट्टराईले प्रधानमन्त्री पनि राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारीप्रति सकारकात्मक रहेको दाबी गरे । उनले भने,’माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीसँग पनि हामीले भेट गरेका छौँ। यसमा प्रधानमन्त्री सकारात्मक कुरा भएको बुझेका छौँ ।’

प्रतिकृया