• १७ भदौ २०८३, बुधबार
  • ३ः२५ दिउँसो

लाक्पा तामाङसहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टी प्रवेश

प्रकाशित मिति

२०७९ माघ २२ गते, आईतवार ०५:२१

२२ माघ २०७९, काठमाडौँ : विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामायुवाहरु नागरिकउन्मुक्ति पार्टीमाप्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले आज (आइतबार) रिपोर्टर्स नेपालमा एक कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई स्वागत गरेको हो । आजको कार्यक्रममा राप्रपा नेपालका संस्थापक समूहका नेताहरु र नेकपा (माओवादी समाजवादी समाज) का केन्द्रीय सदस्य रमेश महतेले पार्टी परित्याग गर्दै नागरिक उन्मुक्तिमाप्रवेश गरेका छन् ।


नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य राजेश अधिकारीले नागरिक उन्मुक्ति पार्टीको मुद्दालाई बुझेर पार्टीमाप्रवेश गर्नेको लहर बढेको बताए । नवप्रवेशीलाई सांसद लालवीर चौधरीले खादालगाएर पार्टीमा स्वागत गरेका छन् । ‘नागरिक उन्मुक्तिपार्टी १३ महिनाको जन्मको दौरानमायहाँसम्मआइपुगेको छ । सिद्धान्त, आदर्श र यो पार्टीले अंगीकार गरेको माग मुद्धाहरु छन्, अधिकार र पहिचानको कुरालाई केन्दविन्दुमा राखेर एउटा मियो बनेर देशभरबाट पार्टी प्रवेशको लहर चलिरहेको छ,’उनले भने।

Kamana Sewa

पार्टी सुरुभएको अवधिदेखि अहिलेसम्मको दौरानमापार्टी र पार्टीका नेताहरुमाथि पटक–पटक आक्रमणको प्रयास भएको उनको दाबी छ । सांसद अरुण चौधरीलाई फिर्ता भएको मुद्दामा राज्यले फेरि समातेको भन्दै उनले यस घट्नाले आफूहरुमाथि आक्रमण भइरहेको प्रमाणित गरेको दाबी गरे । ‘यो बीचमाअत्यन्तविषम परिस्थितिमाजन्मिएको पार्टीलाई कुन ढंगको आग्रमण हुँदोरहेछ भन्ने उदाहरण हामीले माननीय अरुण चौधरीलाई पक्राउगरिएबाट छर्लङ्गनै हुन्छ । संसद्चलिरहेको बेलामा बहालवाला जनप्रतिनिधिलाई सभामुखको स्विकृतिबिना, सभामुखलाई जानकारी नगराई समात्नु भनेको यो जनताको मानव अधिकारको घोर अपमान हो । संसदीय शासन पद्धतीलाई नाङ्गेझार पारिएको प्रमाण हो । जबकी २०६९ साल जेठ १० गते नै ती सबै थरुहट आन्दोलन र अखण्ड सुदूरपश्चिमका घटनालाई शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत ती सबै घटनाहरु सबै मुद्दा फिर्ता गरिएको अवस्थामा यी किसिमका गतिविधि आउनु, राजबन्दीलाई थुनामा राखिरहनु र भूमिपुत्रलाई अझै कठघरामा राखिर हनुको विषम परिस्थितिमा देशका स्वाभिमानी नागरिकको हिसाबले गोलबद्ध हुन हामी उपस्थिति भएका छौं,’ अधिकारीले भने ।

Classic Tech Desktop

बागमतीप्रदेश अध्यक्षएवं केन्द्रीय सदस्यदीपतामाङले नागरिक उन्मुक्ति पार्टीको मुद्धा र विचारलाई बुझेर पार्टी प्रवेश गर्नेको संख्या बढिरहेको बताए । त्यसैगरी, केन्द्रीय सदस्यएवं पूर्व सांसद हिमाँचलराज भट्टराईले टीकापुर घटनामा रेशम चौधरी लगायतका नेताहरुको संलग्नता नरहेको दाबी गरे । ‘हाम्रो पार्टीतीन वटा मुद्धा लिएर गठन भएको हो । हाम्रो देश बहुजाति, बहुसांस्कृतिक बहु धार्मिक देश हो । सबै जातिको यो मुलूकमा अपन त्वहोस् ।संविधानले सबैको माग मुद्धालाई स्विकार गरोस् भनेर देश संघीयतामा प्रवेश गरिरहेको बेलामा सुदूरपश्चिमतर्फ हामीले मागथारुवान राज्यको माग अगाडि सारेर अघि बढेकाथियो । त्यही दौरानमाअप्रिय घटना घट्यो ।केही राष्ट्रसेवकहरु सहिदहुनुभयो । उहाँहरु प्रतिहाम्रो श्रद्धाञ्जली छ ।तर, त्यो घटनामा हाम्रा नेताहरु सहभागीहुनुहुन्नथ्यो । रेशमचौधरी त्यो क्षत्रभन्दाबाहिर हुनुहुन्थ्यो,’उनले भने ।


रेशमचौधरीनिर्दोष रहेको कुरा जनताले २०७४ को निर्वाचनमाभारी मतदिएर जिताएसँगै प्रमाणित भइसकेको उनको दाबी छ । सरकारले थारू राजबन्दीलाई स–सम्मान रिहाइगर्नुको सट्टा १० वर्षअघिका मुद्दा उल्टाउन लागिपरेको बताए । राजनीतिक मुद्दामा मुछिएर जेल जीवनविताइरहेका सबै पार्टीकाकार्यकर्तालाई सरकारले तुरुन्त रिहाइगर्नपर्न उनको सरकारसँग माग छ ।
‘टीकापुर घट्नाका सम्पूर्ण राजबन्दीसहित र अरु पार्टीकाजो–जो राजनीतिक घटनाक्रममा मुछिएर जेल जीवनबिताउनबाध्य हुनुहुन्छ । उहाँहरुलाई सरकारले तुरुन्त रिहाइ गरोस्,’उनले भने ।


नवप्रवेशी तेजबहादुर भुजेलले केहीव्यक्तिहरुले राज्यलाई लामो समयदेखि लुटिरहेको आरोप लगाए । देश लुटेको हेर्न नसकेर आफू नागरिक उन्मुक्ति पार्टीको छत्रछाँयाबाट देश परिवर्तनमा योगदानदिनखोजेको उनको भनाइ छ । ‘२०४६ सालदेखि यो देशलाई मिलिजुली लुटिरहेका छन् । तिनै पार्टीको वरिपरी रहेर फेरिपनि भ्रष्टचार निर्मुल गर्छु र अपराधीलाई कारबाही गर्छु भन्नु दिवास्वपनाहो । यो देशको माटो बोल्ने पार्टी, चुलोचोकोको कुरा गर्ने र सबै नागरिकको भावनाबोल्ने पार्टी हामीले राज्यौं,’उनले भने ।


अर्का नवप्रवेशी राजेश्वरदास श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी योद्धाहरुको समूहभएको बताए । नागरिकउन्मुक्ति पार्टी जनताको मनसँगजोडिएको पार्टी भएको उनको दाबी छ । नागरिकउन्मुक्ति पार्टी प्रत्येक ठाउँका जनताको आशाको केन्द्र भएको उनले बताए । ‘एउटा संघर्षसील समूह, विद्रोहीहरुको समूह, विद्रोह बन्दुकबोकेर मात्रै हुँदैन । सिद्धान्त र विचारको पनि हुन्छ । तर, के कालागिभन्ने हुन्छ । यो विद्रोहपक्कैपनि राष्ट्रको लागिहो । नागरिकउन्मुक्ति पार्टी जनताको मनसँगजोडिएको पार्टी हो । जनताको पीडा र समस्यासँगजोडिएको पार्टी हो । उत्पीडित नागरिकलाई वास्तविक नागरिक बनाउन जन्मिएको पार्टी हो,’ उनले भने ।


राजनीतिकथलोबाट बोलेपछि धेरैले सुन्ने र देश र समाजको विकासका मुद्धा उठाउन आफू नागरिक उन्मुक्ति पार्टीमाप्रवेश गर्न लागेको बताए । जनताले अभिमतदिएका नेताले भागबन्डामा जनताको अभिमतको कदर गर्न नसकेको उनको आरोप छ ।
नेकपा (माओवादी समाजवादी समाज) का केन्द्रीय सदस्यसमेत रहेकानवप्रवेशी रमेश महतेले माओवादीले बुर्जुवाशिक्षाको काम छैन भन्दै आफूहरुलाई दिएको तालिम व्यर्थ भएको टिप्पणी गरेका छन् । माओवादी जनयुद्धमा जनमुक्ति सेनाको भूमिकामा रहेकामहतेले माओवादीआन्दोलन व्यर्थ भएपछि नागरिक उन्मुक्ति पार्टीमा रहेर तीन करोड नेपालीको मुक्तिका लागि कामगर्न पार्टी प्रवेश गरेको बताए ।


‘माओवादीको लालसेनामाभर्ना भएर त्यो कलिलो उमेरमा म जनयुद्धको सेनाको तालिमलिनबाध्यभएँ । बुर्जुवाशिक्षाको काम छैनभन्ने माओवादीले तालिमदियो तर आज सबै व्यर्थ भयो । न त राम्रोसंग मास्टर्स डिग्री पढ्न पाइयो न त माओवादीले भनेजस्तो देश स्विजरल्याण्ड र सिंगापुर बनाउँछु भन्ने माओवादीको भनाई झुट सावितभयो । आजनागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दैछु । नागरिक उन्मुक्ति पार्टीमालागेर तीन करोड नागरिकको मुक्तिकालागि अगाडि बढ्छु भनेर म पार्टी प्रवेश गरेको हुँ,’उनले भने ।
त्यसैगरी, नवप्रवेशीरामदास गोपालीले हाम्रो देशलाई स्विजरल्याण्ड र सिंगापुर बनाउन जरुरी नभएको बताएका छन् । पार्टीहरुको घोषणापत्र र नारा जनताको आँखामाभ्रम छर्नकालागिभएको प्रमाणित भइसकेको उनले बताए । ‘सम्पूर्ण पार्टीका नेताले भन्छन् यो देशलाई स्वीजरल्याण्ड बनाउँछौं, सिँगापुर बनाउँछौं । मलाई लाग्छ यो मुलूकलाई स्वीट्जरल्याण्ड र सिंगापुर बनाउन जरुरी छैन । समृद्ध नेपालबनाए पुग्छ,’उनले भने ।


संघीय सांसद लालवीर चौधरीले पार्टीले छोटो समयमा नै स्थानीय सरकारदेखि केन्द्रसम्मप्रतिनिधित्वगर्न सफलभएको बताए । डिल्लीबजारको कारागारबाट जन्मिएको पार्टीले छोटो समयमाप्रगतिगर्नु ठूला दलका नेताहरुलाई च्यालेन्जमात्रै नभएर सन्देश पनिभएको उनले बताए । ‘नागरिक उन्मुक्तिपार्टी जेलभित्रबाट जन्मिएको छ । आज यस नागरिक उन्मुक्तिपार्टीले १३ महिनाको दौरानमास्थानीयतहदेखि केन्द्र सरकारमा छौं । नेपालमा नेतृत्वगरिरहेको ठूला दलका नेताहरुलाई यो च्यालेन्जमात्रै होइनअब झुठा कुरा गर्न पाइँदैन भन्ने सन्देश दिएको छ,’ उनले भने ।


अहिले नेतृत्वमा हरेका नेताहरु नागरिकको सेवामाभन्दापनिआफ्ना सन्तानहरुलाई कसरी पुस्तौंसम्मकमाइदिन सकिन्छ भनेर लागिपरेको उनले आरोप लगाए । उनले सांसद अरूण चौधरीलाई षड्यन्त्रपूर्ण ढंगले फसाइएको बताए । उनले रेशम चौधरी लगायत भर्खरै पक्राउ परेका अरुणको रिहाइका लागि माग गरे । आफूहरुको माग सुनुवाइ नभएमा दवाबमूलक प्रर्दशन गर्ने उनले बताए । अरुण चौधरीलाई राज्यले तत्काल रिहाइनगरे आन्दोलन छेड्ने उनको चेतावनी छ ।


आजको कार्यक्रममा राप्रपा नेपालका संस्थापक समूहका नेताहरु लाम्पातमाङ, पासाङ शेर्पा, तेजबहादुर भुजेल, रामदास गोपाली, समिरा तमाङ, कृष्ण भण्डारी, सुरेश, राजेश्वर दास श्रेष्ठ, राजु नापित, सुरेश योञ्जन, इनउप्रकाशचौधरी, समीर लिङ्देन लगायत नेकपा (माओवादी समाजवादी समाज) का केन्द्रीय सदस्य रमेश महते पार्टी प्रवेश गरेका छन् । कार्यक्रमको सञ्चालन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य राजेश अधिकारीले गरेका थिए ।

प्रतिकृया