• १८ भदौ २०८३, बिहीबार
  • ९ः०९ राती

‘देश मिडियाले चलाउने होइन, नेताले चलाउने हो’ : रवि लामिछाने

प्रकाशित मिति

२०७९ माघ २२ गते, आईतवार ०४:५५

२१ माघ २०७९, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विभिन्न सञ्चारमाध्यमले आफूमाथि निरन्तर प्रहार गरेको आरोप लगाएका छन्। आफूविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न केही सञ्चारमाध्यमले आफूविरुद्ध निरन्तर गलत शीर्षक राखेर आफूमाथि प्रहार भएको उनको भनाइ थियो ।


उनले कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहिया, सेतोपाटी डटकमका प्रधानसम्पादक अमित ढकाल, अनलाइनखबर डटकमका प्रधानसम्पादक शिव गाउँले र अन्नपूर्ण पोष्टका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको नामै लिएर उनीहरुले आफूमाथि प्रहार गरेको आरोप लगाएका हुन्।उनले देश मिडियाले नभइ नेताले चलाउने उनले बताए। साथै उनले चितवन–२ मा आफूसँग चुनाव लड्न मिडिया सञ्चालकहरुलाई चुनौती दिए। उनले भने, ‘देश मिडियाले चलाउने होइन। नेताले चलाउने हो। पावर गेन गर्न मिडिया रिझाउनुपर्ने हो?’ उनले माइतीघरमा सम्भव सिरोहियाले गराएको दुर्घटना ढाकछोप गराइएको, रामेश्वर थापाबिरुद्धको मुद्दा गुपचुप पारिएको भन्दै मिडियाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ देखाएको बताए ।

Kamana Sewa

सरकारबाट बाहिरिने निर्णयपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी पासपोर्ट लिँदालिँदै नेपाली पासपोर्ट लिएको स्वीकार गरेका छन्। उनले अमेरिकी पासपोर्ट फिर्ता गर्ने क्रममै रहँदा नेपाली पासपोर्ट लिएको स्वीकार गरे पनि यसलाई अपराधका रुपमा मान्न चाहेनन्। ‘मेरो अपराध के हो?’ उनले पत्रकार सम्मेलनका क्रममा भने।

Classic Tech Desktop

उनले आफू सधैँ घेराबन्दीमा परिरहेको बताए। ‘टेलिभिजनमा कार्यक्रम गर्दादेखि अहिलेसम्म नै म घेराबन्दीमा परिरहेँ,’ उनले कार्यक्रममा भने। उनले सबैभन्दा लामो कार्यक्रम गर्ने क्रममा नेपाली मिडियाहरुले आफूला वास्ता नगर्दा चित्त दुखेको पनि बताए। ‘आमाको काखमा फर्केको छोराले प्रक्रियाहरु पुर्‍याउनु पर्छ भन्ने मैले सोचिनँ,’ उनले भने। उनले अमेरिकी पासपोर्ट बुझाउनुभन्दा अघि नै नेपाली पासपोर्ट लिएको उनले स्वीकार गरे । ‘मैले त्यसको सदुपयोग, दुरुपयोग वा उपयोग केही पनि गरेको छैन,’ उनले भने।

प्रतिकृया