• २३ भदौ २०८३, मंगलबार
  • ८ः१७ राती

गोकर्णेश्वरमा मङ्सिरसम्ममा १८ करोड ३१ लाख राजश्व सङ्कलन

प्रकाशित मिति

२०७९ माघ २ गते, सोमबार ११:०२

२ माघ २०७९, काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाले मंसिर मसान्तसम्ममा १८ करोड ३१ लाख ७९ हजार राजश्वर संकलन गरेको छ । नगरपालिका राजश्व सङ्कलनको वार्षिक लक्ष्य ७६ करोड रहेकोमा मंसिर सम्मा उक्त राजश्वर संकलन भएको नगरपालिकाले शुक्रबार सम्पन्न दशौं नगरसभामा उल्लेख गरिएको छ । पुस मसान्तसम्मा पुँजीगत बजेट २५.६७ प्रतिशत खर्च गरेको छ । भने चालु तर्फ ३७. ४० प्रतिशत बजेट खर्च भएको छ ।

National Life

अहिलेसम्म नगर अस्पताल ठेक्का प्रक्रिया अगाडि बढेको, प्रशासनिक भवन निर्माण र वडा नं. ३ र ८ मा वडा स्वास्थ्य चौकी बनाउन जग्गा प्राप्ति अन्तिम चरणमा पुगेको, अबरुद्ध माकलबारी पुल निर्माण प्रक्रिया अगाडि बढेको छ । निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाद्धारा प्रस्तुत हालसम्मको सम्पन्न कार्य विवरणमा उल्लेख गरिएको छ ।


हालसम्म उपभोक्ता समितिमार्फत १७८ वटा योजना सम्झौता भएको र योजना सम्झौता भइ सम्पन्न भएका योजनाहरुमा १०५ वटा रहेका छन् । गोकर्ण फरेष्ट रिसोर्टमा सम्पन्न दशौं नगरसभाको उद्घाटन नगर प्रमुख तथा नगरसभा अध्यक्ष दीपक रिसालले गर्नुभयो । नगर सभा उद्घाटन कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामा, वडा अध्यक्षहरु द्वारकिा श्रेष्ठ, मधु तामाङ, मुरारी प्रसाद कुईकेल, नवराज लामा, नारायण बहादुर सुवेदी, केशव गुरुङ, नन्दलाल श्रेष्ठ, राजवि थापा लगायत नगरसभा सदस्यहरु, शाखा प्रमुखहरुको आतथ्यिता रहेको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया