• ४ असोज २०८३, आइतबार
  • ३ः३२ राती

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण १९ गते, आईतवार ११:३२

एजेन्सी, अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । मेक्सिकोसँगको सीमा नजिकैको एल पासो शहरमा गएराति भएको गोलीकाण्डमा अरु २६ जना घाइते भएका छन् ।

National Life

एल पासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा २१ बर्षिय एक युवकले गोली चलाएको प्रहरीले जानकारी दिएको छ । गोली चलाउने डल्लासका प्याट्रिक क्रुसियस नामक युवकलाई प्रहरीले पक्राउ गरेको छ । टेक्सासका गभर्नर ग्रेग एबोटले घटनालाई राज्यको इतिहासमा अहिलेसम्मकै भयानक मध्ये एक भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया