• ३ असोज २०८३, शनिबार
  • ९ः०९ राती

उत्तर कोरियाद्धारा तेस्रो क्षेप्यास्त्र परीक्षण

प्रकाशित मिति

२०७६ श्रावण १७ गते, शुक्रबार ०७:१३

उत्तर करियाले दुई पटक छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्। एक सातापछि लत्तगै उत्तरले गरेको यो अस्त्र परीक्षण हो। स्थानीय समय अनुसार शुक्रवार बिहान सबेरै देशको पूर्वी तटीय क्षेत्रमा ती परीक्षण गरिएका थिए। अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रतिको प्रतिक्रियाको रूपमा परीक्षणहरूलाई लिइएको छ। दक्षिण कोरियाको सेनाका जोइन्ट चीफ एप स्टाफ (जेसीएस) का अनुसार स्थानीय समय अनुसार विहान ०२स्५९ र ०३स्२३ मिनेटमा गरिएका ती प्रहार सी अफ जापानमा खसेका थिए।

National Life

फेडरेसन अफ अमेरिकन साइन्टिस्टस् सम्बद्ध अङ्कित पाण्डाका अनुसार यसअघि प्रयोग नभएको क्षेत्र अहिले क्षेप्यास्त्र परीक्षणस्थलको रूपमा देखिएको छ। उनले भने, “लगातार रात्रिकालीन परीक्षण गरिरहेको किम जोङ(अन शासनले यसअघि प्रयोग नभएका वा निकै कम प्रयोग भएका क्षेत्रहरूबाट परीक्षण गर्ने लक्ष्य लिएको देखिन्छ।“ ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्ला परीक्षणहरू छोटो दूरीका र निकै सामान्य भएको भन्दै त्यसबाट आफू चिन्तित नभएको बताएका छन्।

प्रतिकृया