• ४ असोज २०८३, आइतबार
  • १ः१३ राती

काठमाडौँ महानगरपालिकाद्वारा सम्पत्ति करमा छुट

प्रकाशित मिति

२०७६ श्रावण ११ गते, शनिबार ०८:३४

काठमाडौँ महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ । महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको छ । सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ ।

National Life

आर्थिक वर्षको सुरुवातमै कर नतिर्ने परिपाटी हुँदा सेवाग्राहीलाई आकर्षित गर्न सम्पत्ति करमा छुट दिएको राजस्व विभागका नुरनिधि न्यौपानेले बताए । ‘वर्षको अन्तिममा मात्र कर तिर्ने बानी छ हाम्रो,’ उनले भने, ‘त्यसैले समयमै कर तिराउनका लागि कर तथा विभिन्न शीर्षकमा छुट दिएको हो ।’

कान्तिपुर दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया