• १५ असोज २०८३, बिहीबार
  • १०ः१४ राती

‘एनआरएनए डे’ मनाइँदै

प्रकाशित मिति

२०७९ आश्विन २५ गते, मंगलवार ०१:३५

२५ आश्विन २०७९, काठमाडौँ: ११ अक्टोवरलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आइएको छ। सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८४ देशमा शाखा रहेको छ ।

National Life

एनआरएनएको स्थापना दिवसको अवसरमा मंगलबार संघले काठमाडाैंमा एक विशेष समारोहको आयोजना गर्न लागेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए । मंगलबार होटल याक एण्ड यतीमा आयोजना हुने समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।


समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का, कांग्रेस नेता राधेश्याम अधिकारी, पूर्वमन्त्री रामकुमारी झाँक्री, माओवादी नेता खिमलाल देवकोटा, लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, मुख्यसचिव शंकरदास बैरागीलगायत नेपाल सरकारका उच्च पदाधिकारी तथा सचिवहरूको उपस्थिति रहनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई दिनसम्म चल्ले कार्यक्रमको अन्तिम दिन समापन समारोहलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओ‌लीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।


गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । काठमाडाैंस्थित संघको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले महासचिवद्वय गौरीराज जोशी र केशव पौडेलकाे वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरूकाे आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

प्रतिकृया