• ३ असोज २०८३, शनिबार
  • ६ः५७ बेलुका

गुल्मी पहिरोमा ज्यान गुमाएका मृतकका परिवारलाई दश हजार

प्रकाशित मिति

२०७६ श्रावण ८ गते, बुधबार १२:०५

गुल्मी, सोमबारदेखि परेको अविरल वर्षाका कारण पहिरोमा ज्यान गुमाएका १२ जनाको दाहसंस्कार खर्च गाउँपालिकाले उपलब्ध गराउने भएको छ । साथै प्रत्येक मृतकका परिवारलाई १० हजार रकमसमेत वितरण गरिने सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनु भएको छ ।

National Life

अविरल वर्षाका कारण ठुलो लुम्पेकमा ४० र लिम्घामा २० घर विस्थापित भएका छन् । विस्थापित भएका घरधुरिलाई व्यवस्थापन गर्न अत्यन्तै चुनौती रहेको अध्यक्ष ढकालले जानकारी दिनुभयो । गाउँपालिकामा पहिरोमा परी वडा नम्वर ४ लिम्घाका एकै घरका ८ जनाको ज्यान गएको छ । लिम्घामा मृत्यु हुनेहरुमा २९ वर्षीय पम्फा विक, उनका ७ वर्षीय छोरा हेमांश विक, १२ वर्षीया अन्जली विक, ३० वर्षीय मंगली भन्ने निर्मला विक, ६ वर्षीय सुमन विक, ७ वर्षीया तारा विक, ६२ वर्षीय छली विक, धनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

यस्तै वडा नम्वर ३ ठुलो लुम्पेकमा ४ जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा ३४ वर्षीय तिलकुमारी तरामु, ९ वर्षीय दर्शन तरामु, ४० वर्षीय माया बिक र १६ वर्षीय बबि बिक रहेका छन् । लुम्पेकमा मृत्यु हुने अन्य १ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया