• १८ भदौ २०८३, बिहीबार
  • ९ः५५ राती

ट्राफिक प्रहरीको चेकिङमा कडाई, एकैदिन २६३ सवारी चालक कारवाही

प्रकाशित मिति

२०७९ श्रावण १८ गते, बुधबार ०६:२६

१८ साउन २०७९, काठमाडौँ : उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा परेका छन् । बिहीबार बिहान ट्राफिक नियम उल्लंघन गरेका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो ।


कारवाहीमा पर्नेमा पानी बोक्ने सवारी साधन ७१, एम्बुलेन्स ५ र अन्य सवारी साधन १८७ वटा रहेका छन् । मदिरा पिएर सवारी साधन चलाउने ७ जना चालक पनि कारवाहीमा परेका छन् । जसमा स्कुल बसका चालक २ जना ,पानी बोक्ने सवारी साधनका चालक ३ जना र अन्यमा २ जना रहेका छन् । नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई ट्राफिक प्रहरीले होल्ड समेत गरेको छ ।

Kamana Sewa

आरक्षण सिटको कार्यान्वयन नगर्ने ३९ ओटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने ५ ओटा माइक्रो र ३४ ओटा बसका चालकलाई कारबाही गरेको हो ।

Classic Tech Desktop

प्रतिकृया