संसदीय छानबिन समितिको प्रतिवेदन पढ्नुस् पूर्णपाठ
प्रकाशित मिति
२०७९ श्रावण १३ गते, शुक्रबार ०४:११
१३ साउन २०७९ काठमाडौं: तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरेको छ। शुक्रबार बसेको संसद्को दोस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले समितिका ज्येष्ठ सदस्य (सभापति) लक्ष्मणलाल कर्णलाई प्रतिवेदन पेश गर्न समय दिएका थिए। सभामुखबाट समय प्राप्त भएसँगै सभापति कर्णले प्रतिवेदन सभासमक्ष पेश गरेका हुन्।
प्रतिवेदनमा सभापति कर्णले बाहिर हल्ला फिजाइए जस्तो बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको कुरा पुष्टि नभएको कुरा बताएका छन्। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदले तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो।

अनधिकृत व्यक्तिले करका दर हेरफेरको आरोप लागेपछि अर्थमन्त्री शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए। समितिले बजेट भाषणको अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा गएको पुष्टि नभएको निष्कर्ष निकालेको छ।

‘समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जवाफ र कागजात, प्राप्त गरेका सिसिटिभी फुटेजको अध्ययनलगायत हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन,’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ,‘सो नदेखिएपछि करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक रहेन।’




प्रतिकृया