• २३ भदौ २०८३, मंगलबार
  • ११ः२५ बिहान

सभामुख सापकोटासहितको टोली अजरबैजान प्रस्थान

प्रकाशित मिति

२०७९ असार १४ गते, मंगलवार ०१:५४

१४ असार २०७९ काठमाडौंः प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जाल (नन् एलिगेन्ड मुभमेन्ट पार्लामेन्ट्री नेटवर्क)को सम्मेलनमा सहभागी हुन मंगलबार अजरबैजान गएका छन्।उक्त सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार बिहान सवा ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो।

National Life

अजरबैजानमा हुने उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवम् महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसदहरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ। अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ। सम्मेलनले घोषणापत्र जारी गर्नेछ। सम्मेलनका क्रममा सभामुखले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम पनि छ।


प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य एवम् नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक रहेका छन्। सापकोटासहितको टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले विदाइ गरेका थिए। सम्मेलनमा सहभागी भएर सापकोटा १९ असारमा स्वदेश फर्किनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया