• ६ असोज २०८३, मंगलबार
  • १२ः१७ राती

फोहोर संकलनका निजी संस्था दर्ता हुदै

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार ११:१७

काठमाडौं, महानगरभित्र फोहोर सङ्कलन गर्ने निजी संस्थाहरु दर्ता हुने भएका छन । निजी संस्थाले आफूखुशी फोहोर सङ्कलन गर्दा राजश्व गुमेको तथा समन्वय नभएको भन्दै महानगरपालिकाले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो । अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको फोहरवापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिपरको रु ३५० बुझाउने गरेका छन् । उनीहरुले दिने सेवा र लिने शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको महानगर वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

National Life

काठमाडौं महानगरपालिकाले दैनिक ३५० मेट्रिकटन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । महानगरपालिकाका ३२ वडामध्ये अहिले ८ वडामा महानगरपालिका आफैंले र २४ वडामा निजी संस्थाले फोहोर सङ्कलन गर्दै आएका छन् ।

प्रतिकृया