• १६ असोज २०८३, शुक्रबार
  • १ः१९ राती

काठमाडौँमा बालेनले मतान्तर बढाए, सिर्जनाभन्दा केशव ५०१ मतले पछि परे

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०९:१८

८ जेठ २०७९, काठमाडौँ : काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार १ लाख ९ हजार ५ सय ३७ गणनामा शाहले ३९ हजार ६ मत पाएका हुन्।

National Life

उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई १६ हजार ९ सय ७४ मतले पछि पारेका छन्। सिंहले २२ हजार ७२ मत पाएकी छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २१ हजार ५ सय ७१ मत पाएका छन्। स्थापित सिंहभन्दा ५०१ मतले पछि परेका छन्।

प्रतिकृया