• ५ असोज २०८३, सोमबार
  • ९ः३३ राती

जङ्गली च्याउ खाएर एक बालकको मृत्यु

प्रकाशित मिति

२०७६ असार २९ गते, आईतवार १२:२२

म्याग्दी,म्याग्दीमा जङ्गली च्याउ खाएर एक बालकको मृत्यु भएको छ । मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो ।

National Life

राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीका अनुसार वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका छ जना बिरामी भएका थिए । विषालु च्याउ खानेबित्तिकै बान्ता, पखाला र टाउको दुख्न थालेपछि स्वास्थ्यचौकीमा उपचार गरे पनि निको नभएपछि थप उपचारका लागि पोखरा लगिएको अवस्थामा बालक ऋषिको मृत्यु भएको हो ।

उपचार गरिरहेका अन्य बिरामीको अवस्था सुधारोन्मुख छ । थोरै खानेलाई समान्य असर देखिए पनि तीनै जनाले धेरै खाएकाले सिकिस्त भएको चिकित्सको भनाइ रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया