• १६ असोज २०८३, शुक्रबार
  • १ः३६ राती

सामाजिक र राजनीतिक रुपमा अनुभवी रजनी, यस कारण टोखा नगरपालिकामा अरु भन्दा फरक जनप्रतिनिधि बन्न चाहान्छिन्

प्रकाशित मिति

२०७९ बैशाख २१ गते, बुधबार ०७:०१

२१ बैशाख २०७९, काठमाडौँ वैशाख स्थानीयतहको निर्वाचनको लागि टोखा नगरपालिकाबाट रजनी थापा उम्मेदवारी दर्ता गरेको छ । यतिबेला देशभरका जनप्रतिनिधिहरुको विभिन्न कोणबाट चर्चा भइरहेको छ । चितवनमा सत्तारूढ गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल, काठमाडौँमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाह, काठमाडौँमा एमाले बाट उपमेयर उम्मेदवार बनेकी सुनिता ढंगोल, टोखा नगरपालिकामा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी रजनी थापा आदिको चर्चा व्यापक रहेको छ ।

National Life

चर्चामा आएका युवा पुस्ताहरु मध्ये काठमाडौँ टोखा नगरपालिका काँग्रेसको तर्फबाट मेयर उम्मेदवार बनेकी रजनी थापा सामाजिक र राजनीतिक रुपमा अनुभव प्राप्त व्यक्ति हुन । अघिल्लो स्थानीयतहको निर्वाचनमा ५१ मतले टोखा नगरपालिकामा उपमेयरमा पराजित बनेकि रजनी राजनीतिलाई समाजसेवाको रुपमा लिदै नागरिकको हितमा काम गर्न भूमिका खोजिरहेकी एउटा सशक्त नारी हुन ।


रजनी थापा टोखामा मात्रै परिचित नाम होइन, उनको देशभर नेटवर्क र सम्बन्ध भएकै कारण टोखाका बौद्विक तथा प्राज्ञिक व्यक्तिहरुले उनलाई मेयरमा उठ्न प्रेरणा दिएका थिए । परिपक्व र युवा जोश भएकोले रजनी टोखामा अन्य पार्टीका शुभचिन्तकहरुको रोजाइमा समेत छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

राजनीतिलाई विशुद्ध समाजसेवाको रूपमा लिएकी थापा देशभर यसपटक उम्मेदवार दिएका मेयर मध्ये कान्छी उम्मेदवार हुन् ।अत्यन्तै दयालु स्वभाव ,सहयोगी मन थापा टोखामा नागरिकका दुस्खमा सधैं सँगै हुने गर्छिन् । टोखाको समृद्धि र विकासका लागि उनको विस्तृत योजना र धारणा त छदै छ तर अरुको भन्दा फरक उनको प्रतिबद्धता राज्यको कुनै पनि सेवा सुविधा नलिने र राजनीतिलाई विशुद्ध समाजसेवाको रुपमा लिएर सोहि शैलीका काम गर्ने उनको योजना रहेको थापाले जनाएकी छन् ।


विगतका जनप्रतिनिधिले खेप्दै आएको आलोचनालाई कमजोर पार्न थापाले यदि मेयर विजय भए भ्रष्टाचारीलाई कारबाही गरि टोखालाई नमुना नगरपालिकाको रुपमा विकास गर्ने योजना रहेको समेत बताएकी छिन् । टोखामा अपुग र अधुरा विकास निर्माणका कामलाई निरन्तरता ,सुन्दर र सफा, भ्रष्टाचार मुक्त, शिक्षा ,स्वास्थ्य टोखा बनाउने उसको योजना रहेको छ । थापा सँगै टोखामा १४ जनाले मेयरमा उम्मेदवारी दिएका छन् । रजनीको मुख्य प्रतिष्पर्धा एमाले बाट उम्मेदवार बनेका प्रकाश अधिकारी सँग हुनेछ । अधिकारी निवर्तमान मेयर समेत हुन् ।


दर्जन बढि सामाजिक संघसंस्थामा आबद्ध रजनीले कोरोना भाइरस महामारीको समय तथा अन्य संकटकालिन अवस्थामा राहत तथा सहयोगका थुप्रै सेवाहरु गर्दै आएकी छिन् । यसपटक रजनी सँग टोखामा काँग्रेसले उपमेयरमा रोहित तामाङलाई उम्मेदवार बनाएको छ। पि.सी.एल नर्सिङ ,स्नातक मानविकी ,एल.एल वी, राजनीतिक शास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा स्नातकोत्तर, गृह विज्ञान, बाल विकास तथा लैंगिक समावेशीकरण, मा स्नातकोत्तर रजनीले अध्ययन गरेकी छिन् । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध कुटनितिमा थापाले विद्यावारिधि गर्दै छिन् ।

प्रतिकृया