• १६ असोज २०८३, शुक्रबार
  • ३ः५२ राती

तिमी त सुन्दर फूल हौ आमा (कविता)

प्रकाशित मिति

२०७९ बैशाख १७ गते, शनिबार ०९:१६

एक दिन खुसी हॅुंदा तिमीले
बर्षौका पिडा भुल्छ्यौ।
तिमी त त्यो सुन्दर फूल हौ आमा
सुवास दिदै फुल्छ्यौ ।

National Life

एक दिनले तिमीलाई के पुग्नु आमा
मन मन्दिरमा तिम्रो बास छ ।
तिम्रो लागि त हे मेरी आमा
हरेक पलहरू खास छ।


तिमी भइसके तिम्रा सन्तान
अझै नि बालक मान्छ्यौ ।
तिमीले खुवाउन नपाउदा सम्म
सधै भोकै ठान्छ्यौ ।

Classic Tech Mobile
Classic Tech Desktop

के गाउनु आमा तिम्रो गुन
शब्द कोषसमा शब्द छैन।
तिम्रो मायाको सामु आमा
मेरो त केही हैन ।


स्वाथ बिनाको त्यो तिम्रो माया
बदलामा केही पाइनौ ।
पटुकीमा साच्यौ ति खानेकुरा
एक्लै कहिल्यै खाइनौ ।


भगवानको रूप तिमी हौ आमा ।
यो संसार तिमीले देखायौ ।
गुमायौ आमा तिमीले सधै
बदलामा खोइ के पायौ ।


तिमी त त्यो सुन्दर फूल हौ आमा
सुवास दिदै फुल्छ्यौ ।
सन्तानको खुसीका निम्ती तिमीले
आफ्ना हरेक चाहाना भुल्छ्यौ ।
तिमी त त्यो सुन्दर फूल हौ आमा…

बिमला भुसाल (कविता )

प्रतिकृया