• १६ असोज २०८३, शुक्रबार
  • ४ः२३ बिहान

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक गरिने

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०७:१७

९ बैशाख २०७९, काठमाडौँ : नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ।च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

National Life

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ ।


दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अवस्थामा उक्त घोषणापत्रलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायत दलहरूले घोषणापत्ररप्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया