• २३ भदौ २०८३, मंगलबार
  • १२ः५२ दिउँसो

‘रुस–युक्रेन युद्धलाई कारण देखाउँदै खाने तेलमा कालोबजारी’

प्रकाशित मिति

२०७८ फाल्गुन १८ गते, बुधबार ०७:०८

१८ फागुन २०७८, काठमाडौँ : राष्ट्रिय उपभोक्ता मञ्चले अन्तर्राष्ट्रिय भूराजनीतिक सम्बन्ध देखाएर खानेतेलमा कालोबजारी सुरू भएको आरोप लगाएको छ । मञ्चले विज्ञप्ति निकाल्दै रुस र युक्रेन युद्ध देखाएर उद्योगी व्यापारीले तेलको मूल्य बढाएको आरोप लगाएको हो । ‘गत वर्ष अन्तराष्ट्रिय बजारमा खाद्य तेलको कच्चा पदार्थको मूल्य बढेको कारण देखाउँदै अत्याधिक बढाइएको थियो,’ मञ्चले उल्लेख गरेको छ, ‘उद्योगीले युद्धलाई कारण देखाएर तेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढाएका छन् ।’

National Life

भर्खर ६ मात्र भएको युक्रेन युद्धलाई कारण देखाइ महिनौं अगाडिदेखि स्टकमा रहेको तेलको बजार मूल्य बढाउनु नियम कानून विपरित मात्र होइन व्यवसायिक नैतिकता भन्दा पनि परको बिषय हो र पूर्णतः कार्टेल गर्दै कालोबजारी गरेको प्रष्ट हुन्छ । देशको प्रशासनिक कमजोरी र नियमन गर्ने निकायको उदासीनताको कारण केही उद्योगीहरुले बजारमा दादागिरी देखाइरहेको मञ्चको भनाई छ । खाद्य तेलमा मात्र नभइ चिनी, चामल लगायतका दैनिक उपभोग्य वस्तुको बजार आपूर्ति व्यवस्था प्रणालीलाई खलबल्याउने र बजार कब्जा जमाउने लक्ष्य व्यापारीले लिएका छन् ।


गत आश्विन महिनासम्म भुटेको तोरीको तेल प्रति लिटर ३४०, काँचो तोरीको २६० र भटमासको तेलको मूल्य प्रतिलिटर २४० तथा सनफ्लावर तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँ थियो । यस्तै, एक साताअघि २७०, २००, १७० र १८० रुपैयाँमा सहज रुपमा बजारमा पाउने गरेकोमा युक्रेन युद्ध सुरू हुनासाथ तेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसरी आफूखुसी तेलको मूल्य बढाउने उद्योगीलाई सरकारले कानूनी कारबाही गर्नुपर्ने मञ्चको माग छ । उद्योगीहरुले एक पटक कच्चा पदार्थ मगाउँदा कम्तिमा एक महिनाको लागी पुग्ने गरी आयात गर्ने गरेका छन् । तर, युद्धको कारण देखाएर तत्कालै मूल्य बढाउने व्यापारी तथा उद्योगीलाई कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष मञ्चले आग्रह गरेको छ ।

प्रतिकृया