ई–पासपोर्ट बनाइदिने भन्दै ठगेको आरोपमा युवक पक्राउ
प्रकाशित मिति
२०७८ माघ २१ गते, शुक्रबार ०२:१०
२१ माघ २०७८, काठमाडौं : सहज रुपमा ई–पासपोर्ट बनाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उप–महानगरपालिका–५ घर भएका ३५ वर्षीय मनोज सापकोटा छन् । ठगि गरेर भागेको सुराक पाएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट बनाउन आएका सर्लाहीका सोमबहादुर स्याङतानलाई उनले ‘सहज रुपमा पासपोर्ट बनाइदिउँला’ भनेर १२ हजार रुपैयाँ लिएर भागेका थिए ।
माघ १८ मा इ–पासपोर्ट बनाउने ठाउँमा स्याङतानलाई भेटेर सापकोटाले पैसा लिएका थिए । काठमाडौंको संगमचोक बस्ने आरोपीविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया