• ३ असोज २०८३, शनिबार
  • ७ः२९ बेलुका

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०९:३८

२० पुस २०७८, काठमाडौँ : तराईमा पछिल्लो एक सातायता चिसो बढ्दै गएपछि प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरेको छ । महानगरपालिकाको जनकल्याणकारी योजनाअन्र्तगत महानगरका सबै वडाका छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरणको काम सुरु भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

National Life

प्रमुख सरावगीका अनुसार प्रतिज्येष्ठ नागरिक एक थान कम्बल, झुल, छाता, टर्चलगायत सामग्रीको प्याकेज बनाएर वितरण गरिँदै आएको छ। महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई वितरण गर्ने लक्ष्य रहेको छ ।


सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्र्तगत वीरगञ्ज महानगरपालिकाबाट भत्ता सुविधा लिँदै आएका कूल छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरण गरिने महानगरपालिकाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया