• ४ असोज २०८३, आइतबार
  • ६ः४९ बिहान

कांग्रेस सभापति देउवाले गरे शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनीत

प्रकाशित मिति

२०७८ पुष १९ गते, सोमबार ०८:१०

१८ पुस २०७८, काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। उनले आइतबार (आज) जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।

National Life

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


हालै सम्पन्न पार्टीको महाधिवेशनमा शाही सहमहामन्त्रीमा, पौडेल महामन्त्री र गुरुङ सभापतिमा पराजित भएका थिए। शाही र पौडेल देउवा प्यानलबाट प्रतिस्पर्धी बनेका थिए। यसअघि शनिबार सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया