• 3:23 pm

कांग्रेस सभापति देउवाले गरे शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनीत

प्रकाशित मिति

२०७८ पुष १९ गते, सोमबार ०८:१०

१८ पुस २०७८, काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। उनले आइतबार (आज) जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।


‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


हालै सम्पन्न पार्टीको महाधिवेशनमा शाही सहमहामन्त्रीमा, पौडेल महामन्त्री र गुरुङ सभापतिमा पराजित भएका थिए। शाही र पौडेल देउवा प्यानलबाट प्रतिस्पर्धी बनेका थिए। यसअघि शनिबार सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।

प्रतिकृया