• ४ असोज २०८३, आइतबार
  • २ः४१ दिउँसो

३ जना मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०२:२३

९ पुस २०७८, काठमाडौँ : छुट्टा छुट्टै ठाउँमा ३ जना मृत अवस्थामा फेला परेका छन् । पर्वत, पैयु गाउँपालिका-७ भोर्ले खोलामा सोही गाउँपालिका-६ डेरा गरी बस्ने ओखलढुङगा रागदिप गाउँपालिका-१ घर भएका ५४ वर्षीय मनोज कुमार राई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

National Life

कास्की, पोखरा महानगरपालिका-११ काहु बसेरी बस्ने ४२ वर्षीय एक देव तिमिल्सिना आफ्नै घरको छतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।


उदयपुर, रौतामाई गाउँपालिका-३ मझौ बस्ने ७१ वर्षीया खडीमाया सार्की आफ्नै घर नजिकको जंगलमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया