• ४ असोज २०८३, आइतबार
  • २ः११ दिउँसो

ओमिक्रोन संक्रमण रोक्न भारतको उत्तर प्रदेशमा रात्रिकालीन कर्फ्यूको घोषणा

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०१:४७

९ पुस २०७८, काठमाडौँ : कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण रोक्न भारतको उत्तर प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले २५ डिसेम्बरदेखि राज्यमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको हो। यस सम्बन्धमा मुख्यमन्त्री आदित्यनाथले उच्चस्तरीय टोलीलाई निर्देशन दिएका छन्।

National Life

राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइनेछ। भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या दुई सय नाघेको छ। कर्फ्यू जारी भएपछि विवाह कार्यक्रममा २०० जनाभन्दा बढी सहभागी हुन नपाउने भएको जनाइएको छ । उनीहरुले कोभिड प्रोटोकलका साथ मात्र जान पाउनेछन् । भारतको विभिन्न राज्यमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दो छ।


यसका साथै भाइरस संक्रमणबाट बच्न बजारमा ‘नो मास्क, नो सामान’ भन्ने सन्देशसहित व्यापारीलाई सचेत गराउन निर्देशन दिइएको छ। हरेक मानिसलाई मास्क अनिवार्य बनाएको छ।यससँगै बस, रेल र विमानस्थलमा थप सतर्कता अपनाउन भनिएको छ। (Agency)

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया