• ४ असोज २०८३, आइतबार
  • ७ः१० बेलुका

पार्टीलाई एक ढिक्का बनाउनु पहिलो प्राथमिकता : महामन्त्री शर्मा

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०५:५०

६ पुस २०७८, काठमाडौं: नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताएका छन्। नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा शर्माले महाधिवेशनका क्रममा आएका भावनालाई समेट्दै पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताए।

National Life

उनले आफ्नो जितले सम्पूर्ण कांग्रेसका कार्यकर्ता र शुभचिन्तकको परिर्वतनको भावनालाई समेटेको टिप्पणी गरे। उनले बिगतमा भन्दा धेरै काम गरेर पार्टीलाई बलियो बनाउनुपर्ने दायित्व रहेको जिकिर गरे । उनले आसन्न स्थानीय तहको निर्वाचनबाट कांग्रेस पहिलो शक्ति हुने दावी गरे ।


त्यस्तै कार्यक्रममा नवनिर्वाचित पार्टी केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा सँधै लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया