• ४ असोज २०८३, आइतबार
  • ६ः३० बेलुका

मंगलबार यी स्थानमा हिमपातको सम्भावना

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०८:१५

६ पुस २०७८, काठमाडौँ : हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। मंगलबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

National Life

बुधबार पनि पहाडी भेगमा आंशिक बदली रही प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तै बिहीबार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिकृया