फिल्मको टिजरसँगै प्रदर्शन मिति सार्वजनिक ‘कबड्डी–४’
प्रकाशित मिति
२०७८ पुष ६ गते, मंगलवार ०७:०९
६ पुस २०७८, काठमाडौँ : ‘कबड्डी’ सिरिजको अन्तिम सिक्वेल फिल्म अर्थात ‘कबड्डी–४’ आगामी २३ वैशाखमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले सोमबार फिल्मको टिजरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो । फिल्मको छायांकन केही साता अगाडि मात्र सकिएको थियो ।
पुरै छायांकन मुस्ताङमा गरिएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, सौगात मल्ल, रेश्मा गुरुङ, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको अभिनय देख्न सकिन्छ ।
रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’ को अन्तिम सिरिज भएकोले फिल्मको उप–शिर्षक ‘द फाइनल म्याच’ राखिएको हो । बासुरी फिल्मस् र सुष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । फिल्ममा कालीप्रसाद बाँस्कोटा र एसडी योगीको संगीत छ ।






प्रतिकृया