स्वादको लागी लसुन खाने गर्नुहुन्छ कि स्वास्थ्यको लागी ? जान्नुहोस् यसका फाईदा
प्रकाशित मिति
२०७६ असार १३ गते, शुक्रबार ०८:५८
पुरुषले दैनिक रूपमा बिहानै खाली पेटमा लसुन सेवन गरेको खण्डमा धेरै लाभ लिन सक्छन् । विभिन्न रोगको उपचारमा यसले सहयोग गर्छ । लसुनमा एलिसिनजस्ता थुप्रै पोषणयुक्त तत्व हुन्छन्, जसले थुप्रै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ ।
लसुनमा सेलेनियम हुन्छ । जब यो शरीरमा जान्छ, तब यसले पुरुषको प्रजनन शक्ति बढाउने काम गर्छ । यसमा भएको एन्टिब्याक्टेरियल शक्तिले थुप्रै कीटाणुसँग लड्न मद्दत गर्छ ।
लसुनमा रहेको प्रोटिनले शरीर स्वस्थ बनाउँछ । यसमा कार्बोहाइड्रेट हुन्छ । जसले शारीरिक कमजोरीलाई हटाउँछ र शरीरलाई शक्ति मिल्छ ।
लसुनमा पर्याप्त मात्रामा क्याल्सियम हुन्छ । जसले हड्डी बलियो बनाउँछ । यसमा रहेको एलिसिनले फ्याट घटाउन मद्दत गर्छ । जसका कारण तौल यन्त्रणमा राख्न सकिन्छ । यसमा रहेको फाइबर्सले कब्जियत र पेटको समस्याबाट टाढा राख्छ ।
खाली पेटमा लसुन खानुका सात फाइदा :
सामान्यतया हामीले खानाका विभिन्न परिकार तेलमा भुट्ने क्रममा अथवा ग्रेभी बनाउन लसुनको प्रयोग गर्ने गरेका हुन्छौँ । लसुनले कुनै पनि खानाका परिकारहरुलाई स्वादिष्ट बनाउन सहयोग गर्छ ।
तर लसुनमा यति धेरै गुणकारी तत्व रहेका हुन्छन् जसले हामीलाई विभिन्न रोगहरुबाट मुक्त गराउँछ ।
आयुर्वेदमा त लसुनलाई औषधी नै मानिएको छ । हामीले कुनै न कुनै रुपमा आफ्नो खानामा लसुनलाई मिसाउन आवश्यक छ । तर बिहान सबेरै खाली पेटमा लसुन खानाले हामीलाई सबैभन्दा धेरै फाइदा पुगाउँछ ।
यहाँ लसुनका सात फाइदा बारे चर्चा गरिएको छ ।
१) मुटु रहन्छ स्वस्थ
लसुनले मुटुसँग सम्बन्धित रोगहरुलाई दूर गर्छ । लसुन खानाले रगत स्वस्थ रहन्छ र हर्ट अट्याकको खतरा कम भएर जान्छ । लसुन र महको मिश्रण खानाले धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुगाउँछ ।
२) उच्च रक्तचापबाट छुटकारा
लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । लसुनले ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्वत गर्छ । चिकित्सकहरुले उच्च रक्तचापबाट पीडित व्यक्तिहरुलाई हरेक दिन लसुन खान सल्लाह दिने गरेका हुन्छन् ।
३) पेटको बिरामीहरु छूमन्तर
पेटसँग सम्बन्धित बिरामीहरु जस्तै डायरिया, कब्जियको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी छ । पानी उमालेर त्यसमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । लसुनले शरीरमा रहेको हानिकारक तत्वहरुलाई बाहिर निकाल्न पनि मद्वत गर्छ ।
४) पाचन प्रणालीमा सहयोगी
लसुनले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको पोडा चपाएर खाने हो भने पाचन राम्राे हुन्छ र यसले खानामा रुची पनि बढाउँछ ।
५) टेन्सन (तनाब)बाट छुट्टी
यो कुरा थाहा पाएर हामीलाई अचम्म लाग्न सक्छ कि लसुनले तनाब कम गर्न पनि सहयोग गर्छ । हो, कतिपय अवस्थामा हाम्रो पेटमा एक यस्तो एसिड जम्मा हुन्छ जसले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिदैँन । लसुन खानाले टाउको दुःख्ने समस्या पनि कम गराउँछ ।
६) दाँतको दुःखाईबाट छुटकारा
लसुनमा एन्टीबैक्टीरियल र दुःखाई कम गर्ने गुण पनि रहेको हुन्छ । यदि दाँतको दुःखाई छ भने लसुनलाई पिसेर दुःखाई भइरहेको दाँतमा लगाउँदा केही समयमै दुःखाई हटेर जान्छ । यति मात्रै होइन खाली पेटमा लसुनको सेवनले नसा झमझमाउने समस्या पनि हराएर जान्छ ।
७) रुघाखोकीमा राहत
लसुनले स्वाससँग सम्बन्धित रोगहरुको रोकथाममा पनि सहायक भूमिका निभाउँछ । यस्तै रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरुका लागि पनि लसुनले प्राकृतिक औषधीका रुपमा काम गर्छ ।
लसुन खेती गर्ने तरिका :
धेरै मानिसहरू लसुनको गन्धको कारण र यसको कडा स्वाद मनपराउँदैनन्। तर यो कुरा गलत हो । लसुन गुणहरू को एक भण्डार हो। यसमा एन्टी- अक्साइड गुणहरू छन् जुन हाम्रो पेटको लागि सबैभन्दा आवश्यक र लाभकारी हुन्छ। यदि हामी बिहानको खाली पेट यसको उपयोग गर्छौं भने, हामी कहिल्यै पेटसँगको कुनै समस्यामा पर्दैनौ । जस्तै, बवासीर, कब्ज, ईश्वर, रक्तचाप, भूख वृद्धि गर्न यसको प्रयोग गरिन्छ। लसुनले महत्त्वपूर्ण प्राकृतिक एन्टिबायोटिक जस्तै काम गर्दछ। लसुन खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन् :
लसुन(Garlic)को प्रयोग कसरी गरिन्छ ?
लसुन विशेष गरी मसला बालीकै रुपमा प्रयोग गरिन्छ । तरकारी, अचार, चटनी, मासुको स्वाद बढाउन लसुनको प्रयोग हुन्छ । विदेश तिर यसको सुख्खा धुलो बनाएर प्रयोग गर्ने प्रचलन बढी रहेको छ । नेपालमा पनि चाउचाउ उद्योगमा लसुनको तेल प्रयोग भएको पाईन्छ । स्वादिष्ट परिकार मःम को मुख्य मसलानै लसुन हो ।
लसुनमा कुन-कुन पौष्टिक तत्वहरु पाईन्छ ?
लसुन पौष्टिकताको हकमा सबै गानो बाली मध्ये लसुन बढी पौष्टिक छ । यो कार्बोहाइड्रेट, प्रोटिन, फसफोरस, एसकरबिक एसिडको राम्रो श्रोत हो ।
लसुनको औषधिय गुण के-के हुन ?
लसुन एक औषधीय वाली हो । जैविक खेती प्रणालीमा खेतीको बीचबीचमा लसुन लगाउनाले किराहरु भाग्छन भनिन्छ । लसुनका १–३ केस्रा खाली पेटमा पानी सँग खाँदा जोर्नीहरु दुख्ने रोगमा फाइदा पुग्दछ । यसले रगतमा बढेको कालेस्ट्रोल ट्राइग्लिसराइडलाई पनि समान्य गराउँदछ । ५० ग्राम जति तोरीको तेलमा ४–५ लसुनको केस्रा फुराएर डढाएर एउटा भाँडोमा राखी आवश्यकता अनुसार ढाड, कम्मर, वा अन्य दुखेको भागमा प्रयोग गर्दा विशेष लाभ हुन्छ।

लसुन खेतीको लागी कस्तो हावापानी चाहिन्छ ?
लसुन एक फराकिलो हावापानी अर्थात तराई देखि उच्च पहाड सम्म खेती गर्न सकिने वाली हो । गानो बन्नका लागि लामो दिन र उच्च तापक्रम (विरुवा बढने भन्दा) चाहिन्छ ।
लसुन वालीको लागि चाहनिे तापक्रम कति हो ?
लसुनको गानो बन्नका लागि २५–३० डि.से. तापक्रम उपयुक्त हुन्छ । १०–१५ डि. से. मा बानस्पतिक बृद्धि हुन्छ , त्यस्तै तापक्रम २० डि.से.भन्दा माथि लागेपछि गानोको विकास शुरु हुन्छ ।
लसुन तराईमा कहिले रोप्नु पर्छ ?
लसुन तराईमा असोज १५ देखि कार्तिक १५ सम्म रोप्न सकिन्छ।
लसुन मध्य पहाडमा कहिले रोप्नु पर्छ ?
लसुन मध्य पहाडमा कार्तिक महिना भर रोप्न सकिन्छ ।
लसुन उच्च पहाडमा कहिले देखि रोप्नु पर्छ ?
लसुन उच्च पहाडमा साउन-भदौंमा रोप्न सकिन्छ ।
लसुन खेतीको लागि प्रकास अवधि कति चाहिन्छ ?
लसुनको गानोको सुरुवात, वृद्धि विकासका लागी प्रकाश अवधि १२ घण्टा वा सो भन्दा बढी हुन आवश्यक छ।
लसुन खेतीको लागि के रोप्नुपर्छ ?
लसुन वानस्पतिक प्रसारण गरिने मसला वाली हो । लसुनको केस्रा (Clove) वाट नै प्रसारण गरिन्छ । अतः रोगकम लाग्ने स्वस्थ्य ठूला, आकर्षक गानाको बोटमै छनौट गरि बीउको लागी भण्डारण गर्नु पर्दछ । तर ख्याल गर्नु पर्ने कहिले पनि उच्च पहाडबाट ल्याएको लसुन तराईमा लगाउनु हुँदैन । भोटे टाइपका लसुनको पनि तराईमा गानो लाग्दैन ।
लसुन खेतीको लागि कस्तो माटो चाहिन्छ ?
लसुनका लागी पानी नजम्ने खुकुलो माटो उत्तम हुन्छ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको ६–७ पि.एच. भएको माटो राम्रो हुन्छ ।
लसुन खेतीको लागि आवश्यक पर्ने मल के कती हो ?
लसुनलाई प्राङगारिक मल प्रशस्त चाहिने भएकोले ३० टन राम्ररी पाकेको गोठे वा कम्पोष्ट मल प्रति हेक्टर जमिन तयार गर्नु अधि प्रयोग गरी खनजोत गर्नु पर्दछ । रसायनीक मलको हकमा प्रति हेक्टर १२०: ८०:८० के.जी.नाइट्रोजन, फसफोरस र पोटास सिफारिस गरिएको छ ।
लसुन खेतीको लागी के कती कसरी मल प्रयोग गर्नु पर्छ ?
लसुन खेतीको लागी ५.६ के.जी. युरिया, ८.७. के.जी. डी.ए.पी. र ६.७५ के.जी. म्युरेट अफ पोटास प्रति रोपनी जग्गा तयारीको अन्तिम वेला प्रयोग गरिन्छ भने ४ के.जी. युरिया २/२ के.जी.का दरले रोपेको ३० दिन र ६० दिन पछि प्रयोग गर्नुपर्दछ ।
लसुन कतीको दुरीमा रोप्नु पर्छ ?
लसुन १०–१५ से.मी को दुरीमा रोप्नु पर्छ।
लसुन रोप्न के कती बीउ (केस्रा) चाहिन्छ ?
लसुन रोप्न बीउ (केस्रा) ५००–६०० के.जी. प्रति हेक्टर (२५ देखि ३० के.जी. प्रति रोपनी ) आवश्यक पर्छ।
लसुन खेतीमा सिंचाई कहिले गर्नु पर्छ ?
लसुनले पानी जमेको र सुख्खा दुबै सहन सक्दैन । साधारण चिस्यान गानो तयार नहुन्जेल चाहिन्छ ।
लसुनमा गोडमेल कहिले गर्नु पर्छ ?
लसुनको पहिलो गोडाई लगाएको २५-३० दिन पछि र दोश्रो गोडाई ५०-६० दिन पछि गर्नु पर्छ ।
लसुन कहिले खन्नु पर्छ ?
लसुनको गानो तयार भएपछि लसुनको बोट पहेंलिई भुईमा ढल्न थाले पछि खन्नु पर्छ ।
लसुनको क्यूरिङ्ग कसरी गर्ने ?
लसुन खने पछि खेतमै गानालाई बोटले छोपी सुकाई सम्पूर्ण बोट सुकेपछि छाया र हावामा राम्ररी सुकाई थन्काउनाले भण्डारणमा राम्रो हुन्छ ।
ज्ञानबिज्ञान बाट !






प्रतिकृया