नेपालमा ‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ
प्रकाशित मिति
२०७८ मंसिर १६ गते, बिहीबार ०३:२५
१६ मंसिर २०७८, काठमाडौं : दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । यससँगै याहाँका नाककाहरुमा कडाइ गरिएको छ ।
भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्नथालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको हो ।
सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाटलगायत नाकाबाट आवागमन बढी हुने भएकाले उच्च सतर्कता अपनाइएको हो ।
सरकारकातर्फबाट खोप आपूर्तिमा कमी नभएकाले सबैलाई पूर्ण खोप लगाउनसमेत आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सबैलाई मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न र साबुन वा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न नागरिकलाई आग्रहसमेत गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ६०९ जनाको मृत्यु भएको छ ।
विश्वस्वास्थ्य सङ्गठनले कोभिड–१९ नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको थियो ।







प्रतिकृया