• ३ असोज २०८३, शनिबार
  • ५ः२७ बेलुका

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

प्रकाशित मिति

२०७८ मंसिर १६ गते, बिहीबार ०२:१६

१६ मंसिर २०७८ , काठमाडौं : कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । दुईवटा बैठक बसेर अधिवेशन अन्त्य गरिएको हो । मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाइएको थियो ।

National Life

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम बुधबार राति १२ बजेबाट कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको अन्त्य गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

दुईवटा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने सहभागि भएन ।

प्रतिकृया