• ३ असोज २०८३, शनिबार
  • ८ः४८ राती

मातातिर्थ वृद्धाश्रमलाई ज्योति विकास बैंकको सहयोग

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०५:३४

१२ मंसिर २०७८ काठमाडौं: ज्योति विकास बैंकले चन्द्रागिरी न. पा.६-काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान गरेको छ।

National Life

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत आश्रममा आश्रित वृद्धाका लागि बढ्दै गएको चिसो मौसमको लागि उपयुक्त न्यानो कपडा सहयोग गरेको हो।


आश्रममा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक श्री रामहरि आचार्य, काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख श्री दिलिप राज बराल र बैंकका बलम्बु शाखाका शाखा प्रबन्धक श्री प्रकाश श्रेष्ठ द्वारा वृद्धाश्रम समितिका कार्यालय प्रमुख श्री राम थापालाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिकृया