• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

विकास निर्माणमा मुलुककै अग्रगतिमा : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ११:४१

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो अधिकार सुनिश्चित गराउँदा अरुको अधिकार हनन् गर्ने अधिकार लोकतन्त्रमा नहुने बताउनुभयो ।

National Life

बुधबार सूर्यविनायक नगरपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने गोकुलघाट खोला पुल उद्घाटन गर्दै बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रको मुल ठेगदार मान्ने गरेको तर कांग्रेस मुल ठेकदार नभई लोकतन्त्रबाट विचलित भएको अराजकता वादीहरुको ठेगदारको रुपमा आफ्नो छवि बनाउँदै गएको बताउनुभयो ।

उहाँले लोकतन्त्रमा सबैको सम्मान गर्नुपर्ने बताउदै लोकतन्त्र भनेको अराजकता नभइ जनतालाई लागेको अधिकारलाई सहज ढंगले प्रकट गर्न पाउने व्यवस्था भएको प्रकाश र्पानुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले गुठी ऐन फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको सोच पुरातनवादी सोच तथा यथास्थीतिवादी बिचार भएको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले गुठीमा रहेको विकृतिलाई हटाएरै छोड्ने बताउनुभयो ।

सांसद बस्नेतले भक्तपुरको विकास दुईरचार वर्ष पछि आउने मानिसले आफ्नो गाउँसम्म नचिन्ने गरी तिव्र गतिका साथ अघि बढेको बताउदै बालकुमारी देखि रानीकोट सडक, सुर्यविनायकबाट गुण्डु हुँदै घ्याम्पेडाँडा सडक, प्राणी उद्यान, स्मार्ट सिटी बन्ने प्रकृयामा रहेको जानकारी गराउनुभयो ।
मंगलबार संसदमा प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बोल्न नदिनु असंसदीय गतिविधि भएको बताउँदै सांसद बस्नेतले प्रधानमन्त्रीले सभामुखसँग समय लिएर सदनमा बोल्छु भन्दा बोल्न नदिने गतिविधि संसारकै इतिहासमा संसदीय अभ्यासको विरुद्धमा भएको बताउनुभयो।

यो वर्ष सुर्यविनायक नगरपालिका वडा नं. ७ मा ३३ करोड बजेट ल्याउन सफल भएको बताउँदै उहाँले सूनपाका प्रत्येक वडामा करिब २० करोड भन्दा माथिको विकास कामहरु भएको बताउनुभयो । उहाँले आगामी वर्ष डोलिडारबाट ६ वटा, भौतिक मन्त्रालयबाट २ वटा गरी आठ वटा पुलहरु बन्ने र अर्को वर्षमा पुल चाहिन्छ भन्दा जनताले अब चाहिदैन भन्ने अवस्थामा पुग्ने समेत बताउनुभयो ।
विकासबाट नै रोजगारीको बाटो खुल्ला हुने बताउँदै सांसद बस्नेतले भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु चाहिँदैन भन्नेहरु भक्तपुरमा नै रहेको बताउनुभयो ।

विगतमा भक्तपुरको विकास निर्माणमा बेरुजु, ठेकेदारको लापरबाही जस्ता चुनौतीहरु विद्यमान रहेतापनि अहिले यस्तो प्रबृत्तिलाई निरुत्साहित गरिएको समेत बस्नेतले बताउनुभयो ।

गत फागुन १ गते शिलान्यास गरिएको उक्त पुल करिव ९८ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूनपा उपप्रमुख जुना बस्नेत, वडा नं. ४ का वडाध्यक्ष उक्तम थापा, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, डोलिका प्राविधिक रद्र प्रसाद काफ्ले लगायतले आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

आफ्नो गृह जिल्ला भक्तपुरमा विकास निर्माणको दृृष्टिकोणले मुलुककै अग्रगतिमा रहेको बताउँदै सांसद बस्नेतले देशभरिका विकास हुने जिल्लामा भक्तपुर अगाडि रहेको उहाँको भनाइ थियो ।

प्रतिकृया