तरुण विभाग द्वारा परिचयात्मक बृहत छलफल तथा गोष्टि कार्यक्रम भदौं ७ गते गर्दै
प्रकाशित मिति
२०७८ भाद्र ५ गते, शनिबार ११:२१
५ भाद्र, २०७८ काठमाडौँ : नेपाली कांग्रेसको १४औ महाधिवेशन नजिकिदै गर्दा तरुण बिभागले महाधिवेशन सफलताको लागि तरुण नेताहरुको परिचयात्मक बृहत छलफल तथा गोष्टि कार्यक्रम यहि आउदो भदौं ७ गते सोमबार अनुपम फुडल्याण्ड बत्तीसपुतली काठमाडौँमा आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पुर्व मन्त्री एवम् तरुण बिभाग प्रमुख शंकर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा सम्पूर्ण स्वास्थ्य बिधिको पूर्ण पालना गरिने जानकारी केन्द्रिय समितिले गराएको छ । नेपाली कांग्रेसको १४औ महाधिवेशनको विषयमा केन्द्रीत रहेर छलफल हुने परिचयात्मक बृहत छलफल तथा गोष्टिमा जनसरोकारका बिषयहरु कोभिड-१९ बिरुद्धको खोप ब्यबस्थापन, मन्त्रि मण्डल बिस्तारमा ढिलाइ, प्राकृतिक बिपत्तिमा तरुण बिभागले पुर्याएको भूमिकाको बारेमा तथा तरुण बिभागको भाबि नीति र कार्यक्रमको बारेमा बृहत छलफल गरिने कुरा नेपाली कांग्रेस तरुण विभाग केन्द्रिय समितिले बताएको छ।
उक्त कार्यक्रममा देशभरका तरुण नेता तथा कार्यकर्ताहरुको उपस्थिति समेत रहने भएको छ ।






प्रतिकृया