कृषि तथा सहकारी मन्त्रालय र सेञ्चूरी कमर्सियल बैंक वीच कृषिकर्जा सम्बन्धी सम्झौता
प्रकाशित मिति
२०७८ भाद्र ५ गते, शनिबार १०:५१
५ भाद्र, २०७८ काठमाडौँ : कर्णालीप्रदेश, भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यान्वयनमा ल्याएको “व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६” कार्यान्वयनमा ल्याउन भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयर सेञ्चुरी कमर्सियल बैंक लिमिटेडवीच सम्झौता गरेका छन् ।
सम्झौतापश्चात कर्णालीप्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विभिन्न शाखाहरुवाट व्यावसायिक कृषकहरुले सहूलियतपुर्ण कृषिकर्जा प्राप्त गर्न सक्ने छन । उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र तथा बैंकको तर्फवाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख श्री प्रवीन कुमार दाहालले वीरेन्द्रनगर, सुर्खेत अवस्थित मन्त्रालयमा वसी हस्ताक्षर कार्यक्रम सम्पन्न गरेका हुन् ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग र ९२ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।






प्रतिकृया