• ४ असोज २०८३, आइतबार
  • ६ः३५ बिहान

लुटिएको दूरसञ्चार उपकरण फिर्ता नपाउदा उजुरी दर्ता

प्रकाशित मिति

२०७८ भाद्र ५ गते, शनिबार १०:३८

५ भाद्र, २०७८ काठमाडौँ : इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल बिधुत प्राधिकरणका कर्मचारीले लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाहु भनेर बिधुत प्राधिकरण दरबारमार्ग काठमाडौँ मा उजुरी दर्ता गरेका छन् । साथै बोदार्थ नेपाल दूरसञ्चार प्राधिकरण, गृह मन्त्रालय, भरतपुर बिधुत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा उजुरी दर्ता गरेको हो ।

National Life

भरतपुर बिधुत प्राधिकरणका कर्मचारीले दूरसञ्चार उपकरण ४ दिन सम्म पनि फिर्ता नगर्दा इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुले इन्टरनेट समयमा मर्मत गर्न नपाहुदा आमउपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा, बैंकिङ कारोबार गर्नबाट वन्चित हुन पुगेको आईस्पानले जनाएको छ । कोभीड-१९ मा डीजीटल शीक्षा, स्वास्थ्य लगायतक संबेदनशील क्षेत्र र सिङ्गो अर्थतन्त्रलाई चलायमान राखिरहेको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पर्ने गरि दूरसञ्चार उपकरण फिर्ता नगर्दा भरतपुरका आमउपभोक्ताहरुले इन्टरनेट सेवाबाट बन्चित भएका छन् आईस्पानले जनाएको छ ।


नागरिक का लागि गास, बास, कपास र इन्टरनेट आधारभूत आवश्यकता भइसकेको छ र अति आवश्यक सेवा मा परेको इन्टरनेट सेवा को तार काट्दा वा दूरसञ्चार उपकरणमा हानी नोक्सानी गरेमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसूरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया